
डोनाल्ड ट्रम्पले ईयू सदस्य मुलुकबाट आयात हुने रक्सी र स्याम्पेनमा २ सय प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका छन्। बिहीबार ट्रुथ सोसलमा लेख्दै उनले यस्तो बताएका हुन्। ईयूले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर लगाएको बदलामा सो कदम चाल्ने ट्रम्पको भनाइ रहेको छ ।
ईयूले अमेरिकी ह्विस्कीमा लगाएको कर अप्रिल १ देखि लागू हुने छ। ट्रम्पले स्टिल र आलमुनियममा लगाएको २५ प्रतिशत भन्सारको बदलामा युरोपले ह्विस्कीमा कर लगाएको थियो।
ट्रम्पले सत्तामा आएदेखि नै व्यापार युद्ध गरिरहेका छन । उनले भन्सार महसुल बढाउँदा मुलुकमा रोजगारी बढ्ने दाबी गर्दै आएका छन्। जसलाई अधिकांश अर्थशास्त्रीहरूले खारेज गरिदिएका छन्।
ईयू, क्यानडा, मेक्सिको र चीनमा लगाइएको भन्सारका कारण अमेरिकी अर्थतन्त्र मन्दीमा जाने खतरा देखिएको छ। अमेरिकी सेयर बजारमा निरन्तर गिरावट जारी रहेको छ।
ह्वाइट हाउसले अहिलेसम्म लगानीकर्ताहरूको चिन्तालाई सम्बोधन गर्न आवश्यक ठानेको छैन।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस