
गैरसरकारी संस्था महासङ्घ नेपालको ११औं महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुइ उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साललाइ चयन गरेको हो ।
यसैगरी महासचिवमा देवि खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा, साथै कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिमा ५१ जना रहने व्यवस्था छ। अन्य तीन सदस्य कार्यसमितिले मनोनित गर्नेछ । निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९२३ जना गैसस प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३०औं वार्षिक साधारण सभा र ११औं महाधिवेशन २५ देखि २७ फागुनसम्म काठमाडौंमा चलेको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस