
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संज्ञा दिएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित माओवादी केन्द्रको नगर समिति सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले दरबार हत्याकाण्डका मुख्य योजनाकार ज्ञानेन्द्र रहेको नेपाली जनताले थाहा पाइसकेको जिकिर गर्न समेत भ्याए ।
१९ जेठ २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुनेगरी दरबार हत्याकाण्ड भएको थियो । वीरेन्द्रको वंशनास भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । दरबार हत्याकाण्डको वास्तविकता बाहिर नआएका बेला प्रचण्डले ज्ञानेन्द्र शाहलाई मुख्य योजनाकार भनेका हुन् ।
‘भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि । सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त । त्यो जनतालाई थाहा छ’, प्रचण्डले भने ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा फेरि एकचोटि दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै प्रचण्डले अगाडि भने, ‘मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार गरेको थिए । अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ ।’
आक्राेशित मुद्रामा भाषण गरेका प्रचण्डले ज्ञानेन्द्रलाई मूर्तिचाेर पनि भन्न भ्याए । ‘नौटंकी देखाइँदै छ, राजामहाराजाहरूको बारेमा । २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए । नेपाली जनताले बिर्सेको छ ? मूर्तिचोर को हुन् ? नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा’, प्रचण्डले भनेका छन्, ‘भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’
प्रचण्डले पूर्वराजा शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनीसमेत दिए । ‘धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब । नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् । तीनका आसेपासेले त फेरि लुट्न पाइन्छ कि भनेर तीनलाई बोक्न सक्छन् । तिमी पनि धेरै उचालियौँ भने वा विदेशीको फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ । त्यो भ्रममा नरहन आग्रह गर्छु’, प्रचण्डले भने ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस