
काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनु भएको हो ।
उनले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गर्नुभयो । उनले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताए ।
जिल्लाभित्र मात्र बसाइसराई गर्न पाउने कानुन बनाउन जरुरी रहेको समेत उनले बताए । उनले मोबाइल लगायतका प्राविधिक उपकरणहरु देशभित्रै उत्पादन गर्ने प्रबन्ध मिलाउनका लागि नयाँ पुस्तालाई उचित शिक्षा दिनुपर्ने समेत बताए ।
उनले भने,’बिना बिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ । गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ । नेपालमा मोबाइल मर्मत हुने हुदैन । बसाई सराई जिल्लाभित्र मात्र हुन पाउने कानून बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइल लगायत आईटी उपकरण नेपालमै निर्माण गर्नको लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्नु जरुरी छ । जनताका प्रतिनिधि र सरकारका अधिकारीहरु आफ्नो आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकास गर्न जरुरी छ ।’
जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरु आ-आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस