
महेन्द्रनगर २३ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल र्यालीको आयोजना गरेको छ ।
शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त रिहाईको माग राख्दै विरोध स्वरुप महेन्द्रनगरमा मोटरसाईकल र्याली निकालेको हो ।
यहि चैत १५ गते काठमाण्डौँको तिनकुनेमा राजावादी समुहको आन्दोलनमा हिंशा भड्काएको भन्दै प्रहरीले राप्रपा बरिष्ठ नेता रविन्द मिश्र र महामन्त्री धबलसमसेर जबरालाइ हिरासतमा लिएको छ l
उक्त नेताहरुको रिहाईको माग अघि सारेर आन्दोलन स्वरुप मोटरसाईकल र्याली निकालेको राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताएका छन ।
उक्त आयोजित मोटरसाईकल र्यालीमा सरकारले दमन गरेपछि दवावमुलक र्याली निकालेको बताउदै महेन्द्रनगरको खुला मञ्चदेखि शुरु भएको र्याली बजार क्षेत्रको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
उक्त मोटरसाईकल र्यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले ’यो भ्रष्टचारी सरकारको कार्यशैलीबाट नेपाली जनतामा आजित भईसकेको तानाशाहि प्रवृतिको विकल्प राजसंस्था भएकोले अव राजसंस्था,हिन्दुराष्ट्र कायम गर्न आन्दोलनको माध्यमबाट सडकबाट जनविद्रोह गर्नु पर्ने अवस्था आएको बताउदै उनले आफ्नो धारणा राखेका थिए । प्रदेश अध्यक्ष जोशीले राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न शान्तिपूर्ण आन्दोलनको घोषणा भईसकेको र शान्तिपूर्ण आन्दोलनलाई हिंशातिर लैजान खोजेपछि यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन ।
राष्ट्रिय संयुक्त जनआन्दोलन परिचालित समितिका प्रवक्ता तथा बरिष्ठ अधिवक्ता स्वागत नेपालले ’महेन्द्रनगरको नाम भीमदत्तनगर जवरजस्ती लाध्न खोजिएको भएपनि आजैको मितिबाट यस ठाउँको नाम महेन्द्रनगर नै भएको घोषणा गरे’ भन्दै यहि चैत १५ गतेको काठमाडौमा भएको आन्दोलनमा षडयन्त्र पूर्वक सरकार पक्षले शान्तिपूर्वक भएको आन्दोलनलाई बिथोलेर तुहाएको भन्ने हल्ला चलेपनि यस कुराबाट निराश नहुन भन्दै राजसंस्था र हिन्दुराष्ट्र लगायतको माग राख्दै बिषेश आन्दोलनको मिति घोषणा हुने बताउदै उक्त दिनको पर्खाईमा तयार भएर बस्न सबैलाई आग्रह गरेका थिए ।
यसैगरी राप्रपाका केन्द्रिय सदस्य तथा संगत संस्कृति संयोजक पुष्पराज पुरुषले निशेधित राजनितिको आयु समाप्त हुने दिन आईसकेको र राजसंस्था स्थापनाको साथै धर्म संस्कृति जोगाउन सबै जनसमुदायले एकजुट हुने समय आएको औल्याउदै भ्रष्टाचारी सरकारको विरुद्धमा आवाज उठाउन आग्रह गरे का छन ।
यस्तै उक्त मोटरसाईकल र्यालीमा प्रधानमन्त्री र गृहमन्त्रीको दमनकारी शैलिको बिरुद्धमा नाराबाजी लागेको थियो जसमा राप्रपा एंव हिन्दुवादी नेता कार्यकर्ताहरुको वृहत सहभागिता रहेको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस